दफा २९
शुत्र परिचालन गर्न सक्ने
(१) जघन्य वा गम्भीर प्रकृतीका अपराध अनुसन्धानका लागि आवश्यकता अनुसार प्रमाण संकलन गर्न र शंकितलाई पक्राउ गर्ने प्रयोजनका लागि अनुसन्धान अधिकारीले सम्बन्धित कार्यालयको प्रमुखलाई प्रतिवेदन गरी शुत्र परिचालन गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम शुत्र परिचालन भएकोमा त्यसको अभिलेख गोप्य रुपमा राख्नु पर्नेछ। मुद्दा सुनुवाईको क्रममा शुत्र परिचालन सम्बन्धमा कुनै बिवाद उठेमा सम्बन्धित मुद्दा हेर्ने अधिकारीले मात्र त्यस्तो शुत्र परिचालन सम्बन्धी अभिलेख हेरी तत्कालै सम्बन्धित निकायमा फिर्ता पठाउनु पर्नेछ।
(३) सरकारी वकीलले अभियोजन, बहस पैरवी एवं प्रतिरक्षाको क्रममा आवश्यकता अनुसार शुत्र परिचालन सम्बन्धी जानकारी लिन सक्नेछ र त्यसको जानकारी उपलव्ध गराउनु सम्बन्धित कार्यालय र अधिकारीको कर्तव्य हुनेछ।
(४) उपनियम (१) बमोजिम प्रयोग भएको शुत्र सम्बन्धी अभिलेख सो शुत्र प्रयोग गर्ने कार्यालय बाहेक अन्यत्र कुनै पनि अड्डा अदालत वा निकायमा राखिने छैन।